काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शीतल निवासमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीको स्वीट्जरलैण्डको डाभोसमा हालै सम्पन्न भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागिता एवम् मित्रराष्ट्र स्वीट्जरलैण्डसंग भएको आपसी हित तथा अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु समेतको उपस्थिति थियो ।