काठमाडौं– अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।


ADVERTISEMENT


नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उप सहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी अमेरिकी सरकारको तर्फबाट प्रतिवद्धता जनाएका हुन् ।


ADVERTISEMENT

# # #


सिहंदरबारस्थित रक्षामन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्याउन चाहेको र विगतको सहयोगी भूमिका लाई निरन्तरण दिने प्रतिवद्धता जनाएको उपप्रधान तथा रक्षामन्त्री पोख्रेलले जानकारी दिए ।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ । विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र सम्मृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोख्रेलले आग्रह गरेका थिए ।