काठमाडौँ – नायक आर्यनन सिग्देल बाबु बन्ने भएका छन् । चार वर्ष अघि सपना भण्डारीसंग विवाह बन्धनमा बाँधिएका उनले बैशाखमा पहिलो सन्तानको बाब् बन्न लागेको खुलासा गरेका हुन् ।


ADVERTISEMENT


आइतबार आर्यनपत्नी सपनाले आफ्नो फेसबुकमा ‘बेबी बम्प’ देखाउँदै श्रीमान् आर्यनसँगका रोमान्टिक तश्बिरहरु सार्वजनिक गरेकी छन् । जसमा आर्यन र उनी निकै खुसी देखिएका छन् । सार्वजनिक गरिएको एउठा तस्बिरमा, ‘रिलिजिङ द न्यू इयर २०७६’ लेखिएको फिल्म क्ल्याप आर्यानले समाएका छन् ।


ADVERTISEMENT

# # #


‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ रु मलाई कहिल्यै थाहा थिएन कि एक मोटो पेट यति धेरै सुखद हुन्छ’, सपनाले तश्बिरसँगै क्याप्सनमा अगाडि लेखेकी छन्, ‘२०७१ सालको बैशाख मेरो लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’

आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो ।