काठमाडौं – विराटनगरमा जारी पाचौँ साफ महिला च्याम्पियनसीपको उपाधिका लागि भइरहेको खेलमा भारतको अग्रतालाई नेपालले बराबरी गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भारतले २६ औं मिनेटमा गोल गर्लै अग्रता लिएको थियो । डी बक्सबाहिर पाएको फ्रीकिकमा भारतका लागि डालिमा छिब्बरले गोल गरिन् ।
भारतको अग्रतालाई नेपालले ३२ औँ मिनेटमा बराबरी गर्यो । नेपालका लागि साबित्रा भण्डारीले हेडिङमार्फत गोल गर्दै बराबरी गरेकी हुन् ।