काठमाडौं – सर्वोच्च अदालतले विप्लव माओवादीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’लाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन सरकारलाई आदेश दिएको छ।


ADVERTISEMENT


वलीलाई प्रहरीले पक्राउ परेपछि छोरी विपना वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बन्दी बनाउनुको कारणसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


विप्लव माओवादीका पोलिटब्युरो सदस्य ‘सुदर्शन’ले गत फागुन १० गते नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका थिए । प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरुणबेसीबाट गत शनिबार बिहान पक्राउ गरेको थियो ।

वलीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट ८ दिनको म्याद लिएको छ ।