एजेन्सी – नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज राजस्थान रोयल्सको सामना गर्दैछ ।


ADVERTISEMENT


आईपीएलको ४० औं र आफ्नो ११ औं खेलमा दिल्लीले राजस्थानको सामना गर्न लागेको हो । राजस्थानको घरेलु मैदान सवाई मानसिंह रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


दिल्ली शिर्ष दुईमा स्थान बनाउने रणनीतिका साथ मैदान उत्रिँदैछ भने राजस्थान चौथो जितको खोजीमा छ । ६ खेलमा जित र ४ मा हारको नतिजासहित १० अंकका साथ दिल्ली लिगतालिकाको तेस्रो स्थानमा छ ।

समान खेलबाट १० अंक रहेको मुम्बई इन्डियन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । चेन्नई १४ अंकसहित शिर्षस्थानमा छ । राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

आजको खेलमा दिल्लीले नेपाली युवा लेग स्पिनर लामिछानेलाई प्लेइङ–११ मा समाबवश गर्ने सम्भावना प्रबल छ । किङ्स–११ पन्जाबविरुद्ध ३ विकेट लिएपछि सन्दीप आज पनि टिममा पर्ने सम्भावना बढेको हो । सुरुआती ४ खेलका समावेश भएपनि त्यसपछि ३ खेलमा सन्दीपले निरन्तर टिममा स्थान बनाएका थिएनन् ।