काठमाडौँ – प्रभु बैंक काठमाण्डौको कीर्तिपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सोमबार बाट सुरु भएको उक्त शाखाको एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


त्यस अवसरमा मेयर महर्जनले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहकामा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गरेकोमा प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


यस्तै प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र कीर्तिपुरबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक आफ्ना ग्राहकसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे।

साथै, बैंकले नेपाल सरकारको नीति अनुरुप नेपाल राष्ट्र बैंकद्धारा जारी “सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार हालसालै सञ्चालनमा ल्याएको विभिन्न शीर्षकका कर्जाहरु उपभोग गर्न अनुरोध गरे ।