काठमाडौँ – एनआईसी एशिया बैंकले काठमाडौं स्थित मनमैंजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैजु शाखाको मंगलबार मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै मेयर बोहराले काठमाडौं उपत्यकाभित्र समेत बैकिङ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भुमिकाको प्रशंसा गरे । उक्त कार्यक्रममा प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिवृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याई रहेको जानकारी गराए ।
बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।