काठमाडौं – ललितपुरस्थित नख्खुमा दुई महिनाअघि बम बिष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना जेल चलान भएका छन् ।


ADVERTISEMENT


जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।


ADVERTISEMENT

# # #


सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योग र संगठित अपराध मुद्दा चलेको थियो ।