काठमाडौँ – गीतकार राम लामा ‘अविनाशी’ को दोस्रो म्युजिक भिडियो ‘काठमाण्डौं शहर’ सार्वजनिक भएको छ।


ADVERTISEMENT


युवा गायक सविन लामाको स्वर रहेको सो गीत मार्फत गीतकार राम लामा अविनाशीले वैदेशिक रोजगारीको पीडालाई देखाउन खोजेका छन्।


ADVERTISEMENT

# # #


‘काठमाण्डौ शहरमा’ नामक गीतमार्फत गीतकार लामाले बाबु आमा लाई काडमाण्डौ शहरमा राख्ने अविलाशाले वैदेशिक रोजगारीमा गएको छोराको सर्धषलाई देखाएका छन्।

अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रष्टीका कोषाध्यक्ष समेत रहेका गीतकार लामा पत्रकारितामा समेत संलग्न छन्। अमेरिकाबाट संञ्चालित वी आर टी नेपाल अनलाईनका उनी प्रबन्ध निर्देशक हुन्।

कथा, गीत, कविता र समसामयिक लेखहरु समेटिएको गीतकार लामाको साहित्यिक सग्रह छिटै बजारमा आउने तयारीमा छ।

नेपाली साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले गीतकार लामाले अन्तर्राष्ट्रिय साहित्य समाज मार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छन्।

सो पुरस्कार हरेक दुई वर्षमा प्रवासमा रहेर नेपाली साहित्यको अभिवृद्धिमा संलग्न साहित्यकारलाई प्रदान गरिने गरिन्छ। यस अघि गीतकार लामाको ‘मेरो बदनाम’ नामक बोलको गायक यम बरालको स्वरमा गीतको म्यूजिक भिडियो सार्वजनिक भएको थियो । जसलाई घेरैले रुचाएका थिए।

गायक सविन लामाको निर्देशन रहेको ‘काठमाण्डौं शहरमा’ नामक म्यूजिक भिडियोमा कालाकारहरु सुशील रेग्मी, भावना पाठक र रोजित खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ।

गीतमा संगीत किशान गुरुङ र सविन लामाको रहेको छ। गीतको छाङ्कन नेपाल र कतारमा गरिएको छ।