एजेन्सी – १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ ।


ADVERTISEMENT


इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो ।


ADVERTISEMENT

# # #


राजस्थानका लागि रियान परागले सर्वाधिक ४७ रन बनाए । उनले ३१ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए । जोफ्रा अर्चार २७ रनमा अविजित रहे ।

कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए । यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४–१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।

यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।