काठमाडौँ – आसन्न एकदिवसीय क्रिकेट विश्वकपका लागि पाकिस्तानको टोलीबाट बाहिरिएपछि पाकिस्तानका बायाँ हाते बलर जुनैद खानले विरोध गरेका छन् । विश्वकप खेल्ने १५ सदस्यमा परेपछि अन्तिममा बाहिरिएपछि विरोध जनाएका हुन् ।


ADVERTISEMENT


उनलाई टिम छनोटकर्ताको निर्णय मन परेको छैन । उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जालमा छताछुल्ल पारेका छन् । उनले आफ्नो मुखमा कालो टेप टाँसको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै छनोटसमितिको विरोध गरेका छन् ।


ADVERTISEMENT

# # #


मुख्य छनोटकर्ता इन्जमाम उल हकले सोमबार अन्तिम १५ सदस्यीय टिम घोषणा गरेका हुन् । इङ्गल्याण्ड विरुद्धको एकदिवसीय सिरिजमा गरेको प्रदर्शनका आधारमा टिम छनोट गरिएको उनले स्पष्ट पारेका छन् । इङ्गल्याण्डले ४ खेलको सिरिजमा १ खेल पनि जित्न सकेन ।

तीव्र गतिका बलर मोहम्मद आमिर र वहाब रियाजलाई १५ सदस्यीय पाकिस्तानी टिममा ल्याइएको छ । १८ अप्रिलमा घोषणा गरिएको प्रारम्भिक टिममा छनोटकर्ताले आबिद अली र जुनैद खानका ठाउँमा क्रमशः आसिफ अली र मोहम्मद आमिरलाई समावेश गरिएको छ । यस्तैवहाब रियाजलाई फहीम अशरफको स्थानमा बोलाइएको छ ।

२९ वर्षीय जुनैदले ट्विटरमा आफ्नै तस्बिर शेयर गरेका छन् । जसमा उनले मुखमा कालो टेप टाँसेका छन् । उनले लेखेका छन्, ‘म केही पनि बोल्न चाहन्न । किनकी सत्य तीतो हुन्छ ।’ यद्दपी उनले पछि हटाएका छन् ।