एजेन्सी – भारतीय क्रिकेट टिमका अलराउन्डर विजय शंकरले जारी विश्कप क्रिकेट गुमाउने भएका छन् । खुट्टाको औँलामा चोटका कारण उनले बाँकी सबै खेल गुमाएका हुन् ।


ADVERTISEMENT


भारतीय क्रिकेट बोर्डका अनुसार उनलाई जसप्रित बुम्राहको बल लागेको थियो । शंकरको ठाउँमा मयंक अग्रवाल आएका छन् । कर्नाटाकाका आपनर २८ वर्षीय अग्रवालले गत वर्षमात्रै भारतका लागि अष्ट्रेलियाविरुद्धको टेष्टमा डेब्यू गरेका थिए । यद्दपी उनले एक दिवसीयमा भने डेब्यू गर्न बाँकी नै छ ।


ADVERTISEMENT

# # #


अग्रवाल आएसंगै भारतका लागि चार नम्बरको समस्या टर्ने अनुमान गरिएको छ । ‘अहिले चार नम्बरमा ब्याटिङ गरिरहेका रिसभ पन्तले बाँकी दुई खेलमा पनि राम्रो गर्न सकेनन् भने अहिले ओपिनिङ गरिरहेका लोकेश राहुलले चार नम्बरमा जान सक्छन् भने अग्रवाल ओपनिङमा आउने सक्छन्’ स्रोतले भन्यो ।

शिखर धवन चोटका कारण बाहिरिएपछि चौथो नम्बरमा रहेका राहुलले पछिल्लो सयम ओपनिङ गरिरहेका छन् । राहुल ओपनिङमा आएपछि विजय शंकरले जारी विश्वकपका चार नम्बरमा ब्याटिङ गरेका थिए । तर राम्रो गर्न नसकेकाले उनको ठाउँमा आइतबार इङ्ल्याण्डविरुद्ध रिसभ पन्त आएका थिए ।

जुन खेल भारतले ३१ रनले हारेको थियो ।