काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्तले निरन्तरता पाएका छन्।
कम्पनीको सञ्चालक समितिले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुनेछ। पन्तको यसअघिको कार्यकाल असोज २३ गते सकिँदै थियो। कार्यकाल सकिनुअघि नै सञ्चालक समितिले पुनः नियुक्तिको निर्णय गरेपछि कम्पनीको व्यवस्थापन नेतृत्वमा निरन्तरता कायम भएको हो।
पन्तले यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। पुनः नियुक्तिसँगै उनले आगामी कार्यकालमा पनि कम्पनीको व्यावसायिक विस्तार, सेवा प्रवाह तथा संस्थागत रणनीतिलाई अघि बढाउने जिम्मेवारी पाउनेछन्।
















