काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनको निरन्तरको वर्षाका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार कार्यमा जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उद्धार तथा राहतको काममा जुट्न गृह, रक्षा लगायत सम्बन्धित मन्त्रालय सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिएका हुन् ।
यस्तै प्रधानमन्त्रीले आफ्नो ट्वीटरमा बाढीसँगै उद्धारका लागि तदारुक्ताका साथ सुरक्षाकर्मी परिचालन गरिएको र सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुई देशबीच समन्वय गरी वहाव खुलाउने काम भई रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले मन्त्रीहरूसँग मन्त्रालयका कामको प्रगति बारे ब्रिफिङ् लिने क्रममा सो निर्देशन दिएका छन्।
यसैबीच जल तथा मौसम विज्ञान विभागले भेरी निन्दा विरिङ मावा, रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रिुयुगा, वालन, खुट्टी चुरियाखोला, खाडो माहुली, रातो हर्दि, लाल बकैया लगायत साना नदी तथा जलाधारका धेरै स्थानहरूमा समान्य भन्दा धेरै वर्ष भईरहेकाले तटीय क्षेत्रमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।
बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् । सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।
— K P Sharma Oli (@kpsharmaoli) July 12, 2019