काठमाडौँ – विश्वकपमा खराब प्रदर्शन गरेको अफगानिस्तान क्रिकेट टिमका कप्तान परिवर्तन भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डले शुक्रबार वर्तमान कप्तान गुलवादिन नैवलाई हटाउँदै राशिद खानलाई नयाँ कप्तान बनाएको हो ।


ADVERTISEMENT


राशिदलाई तीनै किसिमका क्रिकेटको कप्तान बनाइएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ । यसअघि राशिद टी–२० का कप्तान रहेका थिए भने एकदिवसीय क्रिकेटमा उपकप्तानको भूमिका निभाईरहेका थिए । यस्तै राशिदले टेष्ट क्रिकेटका कप्तान रहमत शाहलाई पनि विस्थापित गरेका छन् ।


ADVERTISEMENT

# # #


विश्वकप सुरु हुनु एक महिना अघिमात्र अफगानिस्तान क्रिकेट बोर्डले एकैपटक तीन नयाँ कप्तान नियुक्त गरेको थियो । एकदिवसीयमा तत्कालीन कप्तान अस्घर स्टानिक्जाईलाई हटाउँदै गुलवादिन नैवलाई कप्तानका रुपमा नियक्त गरिएको थियो । बोर्डको यो निर्णयप्रति खेलाडीले नै असन्तुष्टि जनाएका थिए ।

विश्वकपमा खेलेमा ९ मध्ये सबै खेलमा अफगानिस्तानले हार व्यहारेपछि कप्तान परिवर्तन गरिएको हो । बोर्डले एकदिवसीयमा अस्घर स्टानिक्जाईलाई उपकप्तान बनाएको छ । यसअघि कप्तान रहेका उनलाई गुलवादिन नैवले विस्थापित गरेका थिए ।