एजेन्सी – जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


ADVERTISEMENT


सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै एक पुरुष बिहीवार बिहान ‘क्योटो एनिमेशन’को स्टुडियोमा प्रवेश गरेर अज्ञात तरल पदार्थ छ्यापेको जनाएका छन्।


ADVERTISEMENT

# # #


नाम नखुलाइएका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ। घाइते भएकाले उनलाई पनि अस्पताल लगिएको छ। ती सन्दिग्ध व्यक्तिको सो स्टुडियोसँग कस्तो सम्बन्ध छ भन्ने स्पष्ट भइसकेको छैन।

घटना कसरी भयो ?

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०ः३० बजे आगो लागेको थियो। उद्धारको काम भइरहेको छ।

टोक्योस्थित बीबीसी संवाददाता रुपर्ट विङ्फिल्ड(हाएसका अनुसार प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका छन्।