काठमाडौँ – एनआईसी एशिया बैंक र ललितपुरको धोवीघाटस्थित मेघा हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट पाप्त हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।