रुपन्देही – प्रहरीले सैनामैना नगरपालिका.१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला, पित्त र दाँत सहित ३ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई प्रहरीले भालुको छाला १ थान, पित्त २ थान र दाँत २ थान बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।