काठमाडौं – प्रहरीले प्रतिबन्धित समूह नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित तीन जनालाई राजधानीबाट पक्राउ गरेको छ। काठमाडौंको बत्तीसपुतलीबाट महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ छन् ।
पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । सरकारले फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि सात सय बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले विप्लव समूहका नेता–कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।