काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले विनम्रतापूर्वक ट्राफिक नियम कार्यान्वयनमा कडाइ गर्ने बताएका छन् । सोमबार महाशाखामा आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एसएसपी ढकालले ट्राफिक प्रहरीको व्यवहारमा विनम्रता र कानुन कार्यान्वयनमा कडाई गर्ने बताएका हुन् ।


ADVERTISEMENT


सरकारी गाडीका चालकहरुलाई पनि प्रशिक्षण दिने तयारी भइरहेको एसएसपी ढकालले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने, ‘सिंहदरबारभित्रका सरकारी गाडीका चालकलाई पनि प्रशिक्षण दिन्छौं ।’ काठमाडौँ उपत्यकामा देखिएका ट्राफिक जामको समस्यालाई पहिलो प्राथमिकतामा राखेर तदारुकताका साथ समाधान गर्नेमा जोड दिने एसएसपी ढकालेको भनाई थियो ।


ADVERTISEMENT

# # #


निकट भविष्यमै उपत्यकामा ट्राफिक बत्ती जडान गर्ने एसएसपी ढकालले दावी गरे । ‘ट्राफिक बत्ती राख्ने सम्बन्धमा अर्थमन्त्रालयसँग प्रहरी महानिरीक्षकले समन्वय गरिसक्नुभएको छ,’ उनले भने । पत्रकार सम्मेलनमा एसएसपी ढकालले नेपालमा ३५ लाख ३९ हजार ५१९ सवारी साधन दर्ता भएको जानकारी दिए । जसमा बाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार, ४१३ सवारी साधन दर्ता भएको पाइएको छ ।

कुल दर्तामध्ये निजी सवारी ९४ प्रतिशत रहेको छ भने ६ प्रतिशत मात्र सार्वजनिक सवारी रहेको सम्मेलनमा एसएसपी ढकालले बताए । उपत्यकामा एक हजार ८४ जना ट्राफिक प्रहरीको दरबन्दी छ । तर, उपत्यकामा एक हजार ३६८ जना कार्यरत छन् । १ जना ट्राफिक प्रहरी बराबर ९०० सवारी साधन र १ ट्राफिक प्रहरी बराबर १ं५ किलोमिटर सडक हेर्नुपर्ने हुन्छ ।

काठमाडौं उपत्यकामा १ लेनको सडक ६६० किलोमिटर छ । यस्तै २ लेनको सडक २३९ किलोमिटर र ४ लेनको १९३ किलोमिटर सडक छ ।

एसएसपी ढकाल ४ दिनअघि मात्र ट्राफिक महाशाखाको प्रमुख भएर आएका हुन् । महाशाखा आएपछि एसएसपी ढकालले सातवटा योजना अघि सार्दैकार्यान्वयनमा लैजाने घोषणा गरे ।