काठमाडौँ – काठमाडौँमा विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थालेको हो । सोमबारबाट सञ्चालनमा आएका विद्युतीय बसको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस संचालन गरेको हो । केही दिनभित्रै थप २ वटा बसले काठमाडौंमा सेवा थाल्ने कम्पनीले जनाएको छ । सुन्दर यातायातले थप ९ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ ।


ADVERTISEMENT

# # #


सञ्चालनमा आएका दुईवटा बसले चक्रपथ परिक्रमा गर्ने कम्पनीको भनाई छ ।

यसअघि सरकारले लुम्बिनीमा चलाउने गरी ल्याएका बिजुली बस साझामार्फत केही समय चलाउन दिइएको थियो । तर, सञ्चालन सुरुआत नहुँदै मापदण्डअनुसारको बस नआएको भन्दै फिर्ता पठाइएको थियो ।

सुन्दरका विद्युतीय बसमा के छन् सुविधा ?

सुन्दर यातायातले बसमा विभिन्न सेवा सुविधाहरु राखेको छ । जसमा विद्युतीय भुक्तानीदेखि स्माट कार्डउ प्रयोगसम्म रहेका छन् । नगदरहीत भुक्तानीका लागि कम्पनीले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ।

यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ। यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिनेछ ।

बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण समेत रहेको कम्पनीले जनाएको छ । जुन अहिलेसम्म नेपालको सार्वजनिक यातायातमा प्रयोग भएको पाइँदैन ।  बसमा अगाडिका सिट होचो र पछाडिको सिट अग्लो छ ।

अन्य गाडीभन्दा महंगो मूल्य !

यी सवारीसाधन महँगा छन् । डिजेलको गाडी ४० लाख रुपैयाँमा सुविधा सम्पन्न गाडी आउँछ । त्यस्तै विद्युतीय बसका लागि १ करोड ६२ लाख खर्च गर्नुपर्छ । विद्युतीय गाडीले पनि ६ वर्षभित्र सम्पूर्ण खर्च उठाउन सक्छ ।

विद्युतीय बसले दैनिक ७ सय रुपैयाँ खपत गर्छ र यसको मेकानिकल खर्च पनि सस्तो छ । डिजेल गाडीको इन्जिनमा बढी खर्च हुन्छ तर यसमा इन्जिन नै हुँदैन । त्यसैले कम खर्च हुन्छ । चार्जिङ स्टेसन हाल निर्माण भएको चार्जिङ स्टेसनबाट एकैपटक दुई गाडी चार्ज गर्न मिल्ने कम्पनीका इन्जिनियर तिलक गिरीले बताए ।