काठमाडौं । कांग्रेस युवा नेता कुन्दनराज काफ्ले यतिबेला नवदुर्गाको पुजापाठ र होममा जुटेका छन् । घटस्थापना देखि नवमी सम्मउनी देवी दुर्गाको आराधनामा हुन्छन् । हरेक बर्ष झैं यसपटक पनि काफ्ले दशैंको नौ दिन नवदुर्गाको ध्यान र तपस्यामा बसेका छन् ।


ADVERTISEMENT


गायत्री मन्त्र जपेर आध्यात्मिक जगतको उनी विचरण गर्ने गर्छन । हरेक दिन १० देखि १५ माला गायत्री मन्त्र जप्ने उनी बताउँछन् । नौ दिन नै यज्ञ गर्छन ।


ADVERTISEMENT

# # #


यो हेर्नुहोस् भिडियो :

बाह्र बर्ष देखि उनी नियमित रुपमा यसप्रकारको साधनामा जुट्ने गरेका छन् । सुरुका केही बर्षहरुमा काफ्ले भारतको हरिद्धारमा गएर नवदुर्गाको पुजाआराधना गर्ने गर्थे । त्यहाँ पुजा गर्दा नौ दिन सम्म नै फलफूलको रसमात्र खानेगर्थे ।

पछिल्ला बर्षहरुमा स्वदेशमा नै उनी देवी दुर्गाको ध्यान गरिरहेका छन् । अहिले भने उनी नवरात्रीका नौ दिन सम्म नै फलफुल मात्र खान्छन्, सात्विक भोजनका साथ चोखोनिधो बनेर देवीको तपस्या गरिरहन्छन् ।

यस्ले आत्म सन्तुष्टी र आनन्द दिने उनी बताउँछन् । देशमा देखिने बेतिथी र अराजकताको आसुरी शक्तिलाई देवशक्तिले परास्त गर्न सकिन्छ भन्ने मान्यताले त्यसको शक्ति आर्जनको बिश्वास सहित उनी यस प्रकारको तपस्यामा जुटिरहेका हुन् ।

मानिसहरु सबैले सबैलाई बिश्वास गर्ने वातावरण बनाउनुपर्छ र सबैभन्दा पहिला आफैले आफैंलाई विश्वास गर्न सक्नुपर्छ भन्दै त्यसको लागि उनी हरेक बर्ष दशैंमा देवी दुर्गाको कठोर तपस्या र यज्ञमा जुटिरहन्छन् ।