जनकपुरधाम । भारतबाट भन्सार छलेर ल्याउँदै गरिएको ३२ वटा खसी महोत्तरीबाट नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरीको टोलीले महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ८ बिसनपुराबाट मंगलबार नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


सशस्त्र प्रहरी नेपाल नम्बर ९ गणको टोलीले  महिलाहरुले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ३२ वटा खसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार गस्तीमा रहेको टोलीले खसी नियन्त्रणमा लिएको हो । प्रहरीलाई देखेपछि खसी ल्याउने महिलाहरु भागेकी थिइन् । उपरीक्षक अधिकारीका अनुसार  १ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको उक्त खसीलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

खसीबोका नेपालभन्दा भारतमा सस्तो पाइन्छ । दशैंमा भारतबाट ल्याएर नेपालमा महँगोमा बेच्ने व्यापारीहरु यो समयमा सक्रिय छन् ।