काठमाडौं – बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका क्रममा डोजरले स्थानीयलाई आक्रमण गरेको छ । सहमति विपरीत सडक निर्माण गर्न थालिएको भन्दै स्थानीय विरोधमा उत्रिएपछि डोजर चालकले डोजरको बकेटले आक्रमण गरेका छन् ।


ADVERTISEMENT


उक्त आक्रमणको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा विरोधमा उत्रिएकाहरुलाई डोजर चालकले डोजर प्रयोग गरेरै तितरबितर पार्ने प्रयास गरेको देख्न सकिन्छ । स्थानीय झन् विरोधमा उत्रिएपछि चालकले डोजरले आक्रमण गरेको देख्न सकिन्छ । भिडियोमा एक महिलालाई बाटो खन्ने क्रममा चालकले डोजरले उधिनेर फालेको देखिन्छ ।


ADVERTISEMENT

# # #


डोजरले उधिनेर फालेपछि उनी केही मिटर पर बत्तिएको देखिन्छ । यस्तै अन्य मानिसहरुलाई पनि चालकले डाजरको बकेटले प्रहार गरेर भीड तितरबितर पार्ने प्रयास गरेका देख्न सकिन्छ । घटनामा सात जना घाइते भएका छन् । जसमध्ये बकेटको प्रहार लागेकी एक महिला र अर्का एकव्यक्ति गम्भी रहेका छन् । उनीहरुलाई उपचारका लागि बैतडी जिल्ला अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको स्थानीयले बताएका छन् ।

हरीले घटनामा संलग्न चालकलाई नियन्त्रणमा लिएको छ । उनीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई पक्षबीच विवाद र झडप भएपछि तत्कालका लागि सडक निर्माण योजना नै स्थगित गरिएको छ ।