काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोटर्स क्लबमा आयोजिक साक्षत्कारमा बोल्दै उनले पार्टीभित्र कुनै अन्तरविरोध र असन्तुष्टिहरु नभएको बताए । बरु, अहिलेको परिस्थिति के हो र हाम्रो जिम्मेवारी के हो भन्ने कुरातर्फ जानुपर्छ । हरेक पार्टीमा अन्तरविरोध हुन्छ ।’ उनले भने, ‘तर, हाम्रो पार्टीमा त्यो स्तरको अन्तरविरोध छैन् । असन्तुष्टिहरु छैनन् । यो त बरु सिर्जित अन्तरविरोध हो ।’


ADVERTISEMENT

# # #


उनले हरेक पार्टीभित्र विधि र राजनीतिको विषयमा आ–आफ्नो मूल्य र मान्यता रहने बताउँदै को प्रधानमन्त्री बन्छ ? को अध्यक्ष बन्छ भन्ने कुरा विधिसम्वत हुने बताए ।

उनले अहिले देशको राजनीतकि एजेण्डा भनेको विकास र समृद्धिको एजेण्डा नै भएको भन्दै सरकारले त्यो गति समात्न नसकेपछि त्यसको तयारी गरेकाले छिट्टै तिव्र रुपमा परीणाम आउने दाबी गरे । उनले वर्तमान सरकाले पनि यदि नराम्रो काम गरे उसको आलोचना गर्नुपर्ने धारणा राखे ।

फरक प्रसँगमा उनले सभामुखमा आफ्नो पार्टीको दाबीबारे पार्टीले छलफल गरेर टुँगो लगाउने पनि विश्वास दिलाए ।