काठमाडौँ – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आफूहरुले सुरुदेखि नै उठाउँदै आएको मुद्दा संविधान संशोधनप्रति सबै दल जिम्मेवारी बन्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोटर्स नेपालमा आयोजित साक्षात्कारमा बोल्दै सांसद मण्डलले संघियता र गणतन्त्रमाथिको प्रहार चिन्ताको विषय भएको बताए । उनले संविधान संशोधन गरिनुपर्ने बताए । ‘संविधान संशोधन गर्नुपर्छ । राज्यको पूनसंरचना हुँदा तीन तहको सरकार बनेको छ । तीन तहको चुनाव भएको छ। यो उपलब्धिलाई रक्षा गर्न कानून, व्यवस्था र जनशिक्तको अभाव रहन्छ ।’ उनले भने, ‘संघीयतामाथि जसरी प्रहार भैरहेको छ, गणतन्त्रमाथि भएको प्रहार छ । यो हाम्रो लागि चिन्ताको विषय हो । राजपा भएको उपलबिधलाई रक्षा गर्नुपर्छ भन्ने पक्षमा छ ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीले नै सर्वदलीय बैठकमा गण्तान्त्रमाथि खतरा छ भनेको पनि उनले उल्लेख गरे । राजनीतकि मुद्दाको सम्बोधन हुनुपर्ने भन्दै उनले संविधानलाई लामो समयसम्म लैजानको लागि आफुहरुले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्ने धारणा राखे । ‘द्वन्द्वको अवेशष रहँदा संविधान कार्यान्यवनमा समस्या हुन्छ । सहमतिको संविधान बनाउनुर्छ भनेर हामीले जारी गर्ने बेलामा नै भनेको थियौं । सरकारले विगतका सहमति र सम्झौता तोड्ने काम गरेको छ’ उनले भने ।

उनले मुलुकमा धेरै लामो द्धन्द्ध भएकोले अब पनि द्वन्द्व मुलुकले खेप्न नसक्ने बताए । पछिल्लो समय मुलुकमा अनुशासनको कमी भएको र जनताले कानूनी राज्यको अनुभुति गर्न नसकेको पनि यादवको टिप्पणी छ । सांसद यादवले मुलुक रेमिट्यान्सबाट चलिरहेको भन्दै देशलाई आत्मनिर्भरता तर्फ अघि बढाउनका लागि कृषिमा आधनुनिकरण र व्यवसायीकरण गर्नुपर्ने बताए ।

यादवले सर्लाहीमा कुमार पौडेलको हत्याबारे राष्ट्रिय मानव अधिकार आयोगले गैरन्यायिक हत्या गरेको निश्कर्ष निकालेको सुनाउँयो यो हत्या प्रकरणमा संलग्न दोषी जो कोही भएपनि कानुनी कारबाही गर्नुपर्ने माग गरे । त्यस्तै, उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने हो भने जनताले यथार्थ थाहा पाउने थिए ।’