काठमाडौं– शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस)द्वारा सञ्चालित अलफ्ट काठमाडौं ठमेलले यहि शुक्रबार अर्थात अक्टुबर २५ मा आफ्नो डब्लु एक्सवाईजेड बारमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘लाइभ ऐट अलफ्ट’ को एक विशेष संस्करणद्वारा राजधानीको रात्रीजीवनमा चमक थप्ने भएको छ ।


ADVERTISEMENT


यो महिना लाइभ ऐट अलफ्टले नेपाल आइडल सिजन २ का फाइनलिस्टहरुको रोमान्चक पर्फमेन्स होस्ट गर्ने भएको छ । नेपाल आइडल सिजन २ का विजेता रवि ओडका साथमा रनर अप विक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारिले आफ्नो सुमधुर आवाजद्वारा भिडहरुको मन लोभ्याउनेछन् ।


ADVERTISEMENT

# # #


लाइभ ऐट अलफ्ट म्युजिक सिरिजको बारेमा अलफ्ट काठमाडौं ठमेलका जनरल म्यानेजर विक्रम सिंहले भने, ‘अलफ्ट होटलको मुख्य विशेषता, लाइभ ऐट अलफ्ट अन्तर्राष्ट्रिय मान्यता प्राप्त कनसर्टको सिरिज हो जुन विश्वभर रहेको हरेक अलफ्टको होटलमा स्थानीय, उदीयमान र भेटेरान कलाकारहरुले प्रस्तुती दिन्छन् र अलफ्ट काठमाडौं ठमेल पनि अरु भन्दा फरक छैन् । अलफ्ट काठमाडौं ठमेलको टिम तपार्इंहरुलाई लाइभ ऐट अलफ्टमा स्वागत गर्दछौं ।’

अलफ्ट मुख्य तीन स्तम्भ गीत–संगीत, प्रविधि र डिजाइनका लागि परिचित छ । र, अन्तर्राष्ट्रिय स्तरमै एक दशकदेखि विश्वभरका अलफ्ट होटलहरमा निरन्तर हरेक साझँ डब्लू एक्सवाईजेड बारमा लाइभ म्यूजीक होस्ट गरेर उदीयमान सांगीतिक प्रतिभाहरु तथा स्थानीय प्रतिभाहरुलाई प्रबद्र्धन गर्दै आइरहेको छ ।
यो महिनाबाट शुरुवात गरेर नेपाली संगीत र रात्रीजीवनको मुटुमा अवस्थीत अलफ्ट काठमाडौंले लाइभ ऐट अलफ्ट होस्ट गर्ने योजना बनाएको हो जहाँ हरेक शुक्रबार डब्लू एक्सवाईजेड बारमा भाइब्रेन्ट सामाजिक दृश्य र विभिन्न कलाकारहरुको लाइभ पर्फमेन्सको आनन्द उठाउन सकिनेछ ।

अलफ्ट होटल
हाल विश्वका २६ देशमा १ सय ४० भन्दा बढी अलफ्ट होटल सञ्चालनमा छन् । अलफ्ट नयाँ पुस्ताको होटल हो जसले संगीत, ढाँचा र प्रविधिका माध्यमबाट पाहुनालाई बढिभन्दा बढी मनोरञ्जन प्रदान गर्दै आएको छ । हाम्रो मनोवृत्तिदेखि वातावरणसम्म हामी सधैं खुला, अर्थपूर्ण र सधैं अगाडि बढिरहने विशेषतायुक्त छौं । अलफ्ट होटल मेरियट बोनभोयको हिस्सा बन्न पाउँदा गौरव महसुस गरिरहेको छ ।

शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस
एसएचएमएस संयुक्त अधिराज्य बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको शान्ति हस्पिटालिटी ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो । एसएचएमएसले भारतीय उपमहाद्वीपमा बहुअन्तर्राष्ट्रिय ब्रान्डमा मध्यम र उच्च वर्गका होटल व्यवस्थापन र सञ्चालन गर्दछ ।

मेरियट इन्टरनेसनल
अमेरिकाको मेरिल्यान्ड, बेथेस्डामा मुख्यालय रहेको मेरियट इन्टरनेसनल इन्कर्पोरेटेडले हाल १ सय ३१ देशमा ३० वटा प्रमुख होटल ब्रान्डमा ७ हजारभन्दा बढी होटल सञ्चालन गर्दै आएको छ। मेरियटले विश्वभर होटल सञ्चालनदेखि फ्रान्चाइज होटल र रिसोर्टका लाइसेन्स पनि दिँदै आएको छ । मेरियटले हाल मेरियट बोनभोय टिएम, दि रिट्ज–कार्लटन रिवार्डस् र स्टारउड प्रिफर्ड गेस्ट ९एसपिजी० ब्रान्ड उपलब्ध गराइरहेको छ ।

छाया सेन्टर
छाया सेन्टर एक महत्वपूर्ण बहुआयामिक मेगा कम्प्लेक्स हो जसमा अन्तर्राष्ट्रिय उच्च ब्रान्डका २ सयभन्दा बढी आउटलेट, मल्टिप्लेक्स थिएटर, कर्पोरेट कार्यालय, ब्याङ्क्वेट हल, सम्मेलन हल, क्यासिनो, नयाँदिल्लीको ‘प्लेब्वोय’ डिस्कोथेक, फुड कोर्ट र सयौं सवारीसाधन अटाउने अन्डरग्राउन्ड पार्किङ छ ।

यीबाहेक १२ हजार वर्गफिट क्षेत्रफलको खुला चोक रहेको छाया सेन्टरमा अर्को पुस्ताको अलफ्ट काठमान्डु ठमेल होटल छ जसले संगीत, ढाँचा र प्रविधिको सम्मिश्रणमार्फत पाहुनाहरूलाई भिन्नै मनोरञ्जन