काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अजरबैजानमा सुरु भएको असंलग्न राष्ट्रको १८ औँ शिखर सम्मेलनको मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उनी मंगलबार विहान त्यसतर्फ गएको प्रेस सल्लाहकार सुधन ज्ञवालीले जानकारी दिए । असलंग्न आन्दोलनको नेपाल उपाध्यक्ष राष्ट्र भएको हैसियतमा नेपालले बैठकमा विशेष भूमिका निर्वाह गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


शिखर सम्मेलनको एक मुटु मानिने मन्त्रीस्तरीय बैठक भने त्यसअघि असोज ६ र ७ गते दुई दिन चल्नेछ । जसमा भाग लिनुहुँदै कम विकसित देशको पक्षमा आगामी दिनका क्रियाकलाप सक्रिय पार्न पहल गर्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

राष्ट्रप्रमुख स्तरीय बैठक भने आउँदो असोज ८ र ९ गते हुनेछ । जसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। असोज ४ र ५ गते भने सचिव स्तरीय बैठकमा विविध पक्षमा छलफल भएको छ ।

यस बैठकले मन्त्री स्तरीय बैठकमा छलफल हुने कार्यसूची तय गरेको थियो । यस बैठकमा नेपालका तर्फबाट परराष्ट्र सहसचिव भरतराज पौडेलले सहभागिता गएका थिए ।