काठमाडौँ – सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


ADVERTISEMENT


गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृहसचिव प्रेमकुमार राईका अनुसार कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। तिथिअनुसार कात्तिक १२ गते भाइटिका छ। पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।


ADVERTISEMENT

# # #


संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो।