काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाका ५३ नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् ।


ADVERTISEMENT


बिहीबार काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच राप्रपाका नेता पूर्णबहादुर बूढाको नेतृत्वमा डोल्पाका ५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुलाई काँग्रेस पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय समितिको बैठकअघि नवप्रवेशीलाई स्वागत गरिनेछ ।

आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवार चयनका साथै भ्रातृ संगठनको नेतृत्व चयन विषयमा टुंगो लगाउनका लागि काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।