काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने बताएका छन्।


ADVERTISEMENT


बिहीबार मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले वार्ताका लागि विप्लव समूहले राखेका छद्मभेषी कुराका पछि सरकार नलाग्ने बताए ।


ADVERTISEMENT

# # #


‘सरकार छद्मभेषी कुराका पछि लाग्दैन । स्पष्ट सन्देश यही हो ।’ प्रवक्ता बाँस्कोटाले भने, ‘जाँतो घुमेको जस्तो चक्करमा त्यही प्रतिबन्ध हटाऊ, पक्राउलाई रिहा गर । हामी भन्छौँ नि त संविधान मान, हिंसा छोड कुरै खत्तम । खेल खत्तम ।’ उनले यी दुईवटा काम पालना गरे वक्तव्यको कुनै जरुरी नहुने बताए ।

अहिलेको संविधानले दिएका अधिकारहरुको फ्रेमभित्र आउँछौँ, शान्तिपूर्ण ढंगले हामी गतिविधि गर्छौँ र हिंसा छोड्छौँ भनेपछि प्रतिबन्ध लगाउनु पर्ने, पक्राउ गर्नुपर्ने वा रिहा गर्नुपर्ने आवश्यकता नहुने उनले बताए । ‘तर, स्वेच्छिक चन्दा उठाउन अभियान चलाउने केका निम्ती ? हिंसा मच्चउनका निम्ती । जनतालाई दुःख दिनका निम्ती, विकासका बाटाहरुलाई अवरोध पुर्याउनका निम्ती ।’ प्रवक्ता बाँस्कोटाले भने, ‘समग्रमा यो नेपालको अहितमा चालिएको कदम हो ।’

उनले सरकार प्रतिशोधमा नभई सुशासनमा लागेको बताए । अपराधको अभियोग लागेपछि सरकारले समात्नु सामान्य रहेको उनले बताए ।