काठमाडौं – पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । काठमाडौं महाराजगंज निवासी सिंहको ह्‍याम्स अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ निधन भएको हो । स्व. सिंहको शुक्रबार बिहान पशुपति आर्यघाटमा स–सम्मान दाहसंस्कार गरिएको छ ।


ADVERTISEMENT


निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की लगायत पूर्व एवम् वर्तमान प्रहरी अधिकारी र स्व. सिंहका परिवारजन एवं आफन्तजनले समेत स्व. सिंहको पार्थिव शरीरमा फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।


ADVERTISEMENT

# # #


स्व. सिंहको सम्मानमा नेपाल प्रहरी संगीत विद्यालय समेतको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो । स्व. सिंहको पार्थिव शरीरमा उनका कान्छा छोरा निरन्जनबहादुर सिंहले दागवत्ती दिए । बझाङको पिपलकोट बुङ्गलमा वि.सं. १९९४ फागुन १ गते जन्मिएका उनका २ छोरा र २ छोरी रहेका छन् ।

पूर्व प्रहरी महानिरीक्षक सिंहले २०४३ असारदेखि २०४७ जेठसम्म नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए ।