काठमाडौं – काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित रामदी रौनियारको टहरोमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले कालिमाटी बस्ने ललितपुर मंगलबजार घर भएका ३६ वर्षीय सुमन महर्जन समेत १२ जनालाई नगद १ लाख २२ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।