रौतहट – निलम्बित सांसद मोहम्मद अफ्ताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् ।


ADVERTISEMENT


सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनीहरुले आलमलाई रिहाई गर्न माग गर्दै नाराजुलुस गरेका थिए । ‘निर्दोष अफताव आलमलाई रिहा गर’, ‘अनावश्यक धरकपड बन्द गर’, ‘निपष्क्ष र धाँधलीरहित छानबिन गर’ लगायत नारा लेखेका कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार मात्र अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।

आलमको पक्षमा गरिएको प्रदर्शन :