एजेन्सी – अस्ट्रेलियामा बिहीबार भएको क्रिकेट खेलको दौरान प्रधानमन्त्री स्कट मरिसनले मैदानमा ड्रिङ्क्स लगेर सबैलाई चकित बनाए । समाजिक सञ्जालमा उनको यो अन्दाजको तारिफ भइरहेको छ ।


ADVERTISEMENT


क्यानबेराको मनुका ओभल मैदानमा श्रीलंका र प्रधानमन्त्री ११ बीच टी–२० वार्मअप खेल भएको थियो । खेलमा अस्ट्रेलियाका डेनियल फालिन्सले श्रीलंकाका दासुन सनाकालाई आउट गरे । लगत्तै, मरिसन खेलाडीहरुका लागि हातमा ड्रिङ्क्स लिएर पुगेका थिए ।


ADVERTISEMENT

# # #


श्रीलंकाली टोली ३ टी-२० सिरिजका लागि लागि अस्ट्रेलियाको भ्रमणमा रहेको छ । दुई टोलीबीच पहिलो खेल आइतबार एडिलेडमा खेलिनेछ ।