काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले शाखाको संख्या १ सय पुर्याएको छ । बैँकले आफ्नो सेवा विस्तारको क्रममा ललितपुरको ललितपुर महानगरपालिका वडा नं। २० स्थित कुमारीपाटीमा नयाँ शाखा सञ्चालन गर्दै सय वटा शाखा पुर्याएको हो ।

उक्त १०० औँ शाखाको शुक्रबार बैंकका अध्यक्ष सुदिप आर्चाय र प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका छन् । बैँकको १०० औं शाखा स्थापनाको अवसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो


ADVERTISEMENT


# # #


प्रमुख अतिथि शिवराज श्रेष्ठले शुभकामना मन्तव्य दिँदै बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुंदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव समेत दिए ।

यसै अबसरमा बैंकले स्वर्णिम सुरक्षित बचत खाताको अपार सफलता पछि समय सापेक्ष व्यवसाय प्रवर्धन तथा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियम बचत खाताको शुभारम्भ समेत गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारेका थिए । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिम प्रसाद तुलाचन शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्र सञ्चालन बैंकका कानून विभाग प्रमुख डिपी भट्टराईले गरेका थिए ।

बैंकले देशका विभिन्न भागहरुमा यो सँगै १०० वटा शाखा तथा ४९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया