काठमाडौं – चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात गरेको भन्दै घट्नाको निन्दा गरेको छ ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै संघर्ष समितिले उक्त मेडिकल कलेजका सञ्चालक अन्सारीकै उपस्थिति र निर्देशनमा जायज माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि हातपात, कुटपिट, गालीगलौज, स्पिकर तोडफोड, ब्यानर च्यात्ने र विद्यार्थीको गाडी तोडफोडजस्ता अमानवीय र घृणित घटना घटाईएकोमा घोर भत्र्सना गरेको हो । ‘त्यति मात्र होईन, उक्त राति होस्टल परिसरभित्रै केही स्थानीय गुण्डा र आफ्नो नजिकका सिनियर विद्यार्थीद्वारा गरिउको निर्घात कुटपिटजस्ता अपराधिक घट्नाले हामी विद्यार्थीहरु स्तब्ध भएका छौं’ समितिद्वारा जारी विज्ञप्तीमा भनिएको छ।


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा संघर्ष समिति तथा चितवन मेडिकल कलेज विद्यार्थी परिवारको तर्फबाट संयोजक प्रकाश चन्दले हिजो भएको घट्नाको कडा निन्दा गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोटो खिचाएर नेश्नल मेडिकल कलेज वीरगञ्जका सञ्चालक अन्सारीले आफू शक्तिशाली भएको देखाउन खोजेको टिप्पणी गरे ।

‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईको ध्यानाकार्षण गराउन चाहन्छौं’ उनले भने । विद्यार्थीसँग चर्को शुल्क असुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिनपनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

उनले मेडिकल माफियाहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम दमन र शोषण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे ।

आफूहरुको माग पूरा नभएसम्म एमबिबिएसको पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेतावनी दिए । उनले आफूहरुले उठाएको विषय कुनै संघ, संस्थाको भन्दापनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।

त्यस्तै, कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले पनि नेश्नल मेडिकल कलेज वीरगन्जमा हिजो घटेको घट्नाको निन्दा गरे । भट्टले मुलुकबाट निरंकुशता हटेको भनेर दाबी गरिएपनि हिजोको घट्नाले अझै पनि मुलुकमा निरंकुशताको अवशेष बाँकी नै रहेको टिप्पणी गरे ।

उनले सरकारले मेडिकल माफियाहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेपनि माग गरे । उनले अहिलेपनि नेश्नल मेडिकल कलेजका विद्यार्थीहरु आफ्नै छात्रावासमा सुरक्षित नभएको पनि बताए । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीहरुमाथि दमन गर्ने र हातपात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री ओलीको किन साँठगाँठ भन्दै प्रश्न गरिन् । थापाले मेडिकल कलेजको नाममा माफियागिरी गर्नेहरुको भण्डाफोर गर्दै उनीहरुलाई जेल पठाउनुपर्नेपनि बताईन् ।

कार्यक्रममा समितिका अर्का सदस्य नसिम अख्तारले नेश्नल मेडिकल कलेज वीरगन्जका सञ्चालक अन्सारीले सोही कलेजमा अध्ययनरत आफ्ना नातेदारपर्ने सिनियर विद्यार्थीहरु प्रयोग गरेर शान्तिपूर्ण आन्दोलनमा रहेका जुनियर विद्यार्थीमाथि हातपात र दुव्र्यवहार गरेको आरोप लगाए ।