काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।


ADVERTISEMENT


तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो । भट्टराई स्व. अधिकारीकी श्रीमती हुन् ।


ADVERTISEMENT

# # #


नेकपाले यसअघि कार्तिक १० गतेसम्म उमेद्वारको नाम सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको थियो। मंसिर १४ गते देशभरका ५१ स्थानमा उपनिर्वाचन हुँदैछ। ती मध्ये प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको कास्की २ मात्रै हो।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ ।