एजेन्सी – आयरल्याण्ड अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा छनोट भएको छ ।


ADVERTISEMENT


युएईमा जारी ग्लोबल छनोट अन्तर्गत आइतबार तेस्रो स्थानको युएई र पाँचौ स्थानको क्यानडाबीचको खेल नसकिदै आयरल्याण्ड विश्वकपमा छनोट भएको हो ।


ADVERTISEMENT

# # #


छनोटको समूह बी मा रहेको आयरल्याण्डले ६ खेलमा ८ अंक जोडेको छ र शीर्ष स्थानमा रहदै छैटौं पटक विश्वकपको यात्रा तय गरेको छ ।

समूह ए बाट पपुवा न्यु गिनी (पीएनजी) ले विश्वकपमा स्थान बनाईसकेको छ । सन् २०२० मा आयोजना हुने टी–ट्वान्टी विश्वकपका लागि जारी छनोटमा १४ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।