मोरङ, बारा, सिन्धुपाल्चोक र दोलखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मोरङ, सुन्दरहरैचा नगरपालिका ९ स्थित सडकमा को २९ प २७८४ नम्बरको मोटरसाइकल र को।३२ प ८७५० नम्बरको स्कुटर एकआपसमा मंगलबार राति ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झापा मेची नगरपालिका १२ बस्ने १८ वर्षीय एलिस भारतीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


बारा, महागढीमाई नगरपालिका १ सिमराते गछिया चोकमा ना ३७ प २९ नम्बरको मोटरसाइकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका चालक कलैया उपमहानगरपालिका १ बस्ने २० वर्षीय नितेश यादवको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका(७ आल डाँडामा बा ५८ प ४९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका ६ पिपलडाँडा बस्ने १९ वर्षीय अनिष कुँवरको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको छ ।

दोलखा, भिमेश्वर नगरपालिका २ सोक्लामा बा १४ च ७६७ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी २५ फिट तल खसेर बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका जिपमा सवार भिमेश्वर नगरपालिका २ डाडागाउँ बस्ने भोज बहादुर वलीकी ९ वर्षीया छोरी रोशनी वलीको प्राथामिक स्वास्थ्य केन्द्र चरीकोटमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सहित अन्य ५ जनाको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा उद्धार कार्य गर्नुको साथै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।