काठमाडौं । भाइटीकाको दिन (हिजो) देखि असजिलो महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल भर्ना भएका छन् ।


ADVERTISEMENT


आज बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम अर्थात् जलवियोजन (डिहाड्रेसन) प्रारम्भिक रिपोर्टमा देखिएको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यहीवर्षमात्रै उपचारका लागि दुईपटक सिङ्गापुर गइसकेका छन् । सिङ्गापुरबाट फर्किएपछि पनि ओली पछिल्लो उपचार प्रक्रियाले लाभ पुर्याएको छ कि छैन भनेर नियमित परीक्षण गराउँदै आएका छन् ।