महोत्तरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई र मधेशका जनतासँग हृदयदेखि प्रेम रहेको दाबी गरेका छन्।


ADVERTISEMENT


महोत्तरीको पिपरामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले मधेशी जनताले विजयी गराएर आफू संविधानसभामा दोस्रो पटक गएकाले मधेशी जनतासँगै आफ्नो प्रेम रहेको बताए।


ADVERTISEMENT

# # #


तराई मधेशका जनतालाई केन्द्रित भएर आएका विकासका आयोजनाहरू कम्युनिष्ट पार्टीकै नेतृत्मा आएको प्रचण्डले दाबी गरे। फास्ट ट्रयाकको शिलान्यास, जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने सडकको योजना आफू प्रधानमन्त्री भएको बेलामा बनेको उनले दाबी गरे।

यो सडक बनाउन ढिलो भएमा आफैं आएर यहाँका जनतासँगै अनसनमा बस्ने उनले चेतावनी समेत दिए।

निजगढ विमानस्थलको काम, रेलमार्ग निर्माण, कमला कोसी डाइभर्सन परियोजना केपी ओलीको नेतृत्वमा अघि बढ्ने अध्यक्ष दाहालले बताए। सबभन्दा पहिला प्रदेश २ मा रेल आउने उनको आश्वासन थियो।

प्रदेश दुईको विकासले द्रुत गति लिएको भन्दै प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफू मधेशकै साथमा रहेको बताए।