काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य, पूर्वराज्यमन्त्री तथा महिला आर्थिक शशक्तिकरणकी अभियान्ता भगवती चौधरी एक महिने अध्ययनका लागि ब्राजिल लागेकी छिन्


ADVERTISEMENT


सामाजिक राजनीतिक, सैद्धान्तिक तथा ब्यवहारिक अध्ययनका लागि नेतृ चौधरी ब्राजिल लागेकी हुन् । चौधरीभगवती सँगै नेकपाका अन्य तीन जना केन्द्रिय सदस्यहरु समेत छन् । ब्राजिल जानेहरुमा चौधरीसँगै सांसद लालबहादुर थापा, नेकपाका केन्द्रिय सदस्य सांसद राजेन्द्र सिं रावल र केन्द्रिय सदस्य सांसद अञ्जना विसंखे ब्राजिल अध्ययनका लागि लागेका छन् ।


ADVERTISEMENT

# # #


ब्राजिलको फ्लोरस्तान फर्नांडिस नेशनल स्कूलको आयोजनामा हुन गइरहेको कार्यक्रममा विश्वका २० वटा देशहरुका प्रतिनिधिहरुको सहभागीता रहने नेतृ भगवती चौधरीले बताइन् । कार्यक्रममा नेपालका प्रतिनिधिहरुले एक महिनासम्म त्यहाँको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाका बारेमा अध्ययन गर्नेछन् भने, नेपालमा उनीहरुले हासिल गरेका अनुभवहरु समेत प्रतिनिधि माझ शेयर गर्नेछन् । ‘यो अध्ययनले हामीलाई विकासशिल देशको राजनीतिक, आर्थिक र सामाजिक अवस्था बुझ्न सहयोग पुग्छ भने, हामीले यहाँ हासिल गरेको अनुभव समेत कार्यक्रममा सहभागीहरु माझ प्रस्तुत गर्न पाउँछौं ।’ भगवती चौधरीले बताइन् ।

नोभेम्बर ३ देखि २८ सम्म हुने अध्ययन भ्रमणमा उनीहरुले सोसियोलिस्ट माक्र्सिस्ट थ्यौरी अध्ययन तथा शेयरिङ हुनेछ ।