काठमाडौँ – भारतले दार्चुलाको खलङ्गामा रहेको श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरिदिएको छ ।


ADVERTISEMENT


स्वास्थ्यमन्त्री उपेन्द्र यादव र नेपालका लागि भारतीय राजदूत महामहिम मंजीव सिंह पुरीले शुक्रबार संयुक्त रुपमा उक्त विद्यालय भवनको उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


सुदूर पश्चिम प्रदेश (प्रदेश नं ७ं को दार्चुला जिल्लाको खलङ्गा गाउँपालिकामा अवस्थित श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालय सन् १९६० मा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयमा विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्च माध्यमिक तहका कार्यक्रमहरु सञ्चालित छन् ।

भारत सरकारको ३ करोड रुपैयाँ अनुदान सहयोगमा निर्मित यस दई तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा सहित एउटा बैठक कक्षा, प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा एवं फर्निचरको पनि व्यवस्था रहेको छ ।