काठमाडौ – दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना भएको छ । दोलखाको मागादेउरालीवाट आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सडकबाट सिधै सुनकोशी नदीमा खसेपछि पाँच जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृतकको शव सुनकोशी नदीबाट निकालिएको छ । सो बसमा ३०–४० सवार रहेको हुन सक्ने जिप्रका सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले बताए । स्थानीय पत्रकार नानीराम नेपालका अनुसार अहिलेसम्म पाँच जनाको शव निकालिएको र बस नदीमै डुबेर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


सिन्धुपाल्चोकको सुकुटे र चेहेरको बिचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी सहायक निरिक्षक मनोज कार्कीले पुष्टि गरे । हाल उद्धार जारी रहेको र मृत्यु हुनेहरुको संख्या यकिन हुन नसकेको कार्कीले जानकारी दिए।

तस्बिर : सामाजिक सञ्जाल