काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भइसकेका बाँस्कोटालाई शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले त्रिविको उपकूलपतिमा दोस्रो नम्बरमा सिफारिस गरेको थियो । सोही सिफरिसका आधारमा प्रधानमन्त्री ओलीले बाँस्कोटालाई नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


आजै दिउँसो बसेको मन्त्रीपरिषद्को बैठकले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियसक्त गरेको थियो ।

बाँस्कोटा त्रिभुवन विश्वविद्यालयको १९ औँ उपकुलपति भएका छन् ।