काठमाडौँ – विश्वकै पुरानो मानिने लन्डनको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले ‘लिगेसी टुर’ अन्तर्गत नेपाल भ्रमणको पहिलो दिन नेपाली यू–१९ टोलीलाई ३८ रनले हराएको छ ।


ADVERTISEMENT


आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । ३३५ रनको विशाल लक्ष्य पच्छ्याउँदै मैदान छिरेको नेपाली यू १९ टिम निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनाएपछि हार ब्यहोरेको हो ।


ADVERTISEMENT

# # #


प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि हरि चौहानले अर्धशतक प्रहार गरे । धर्मराएको नेपाली इनिङ सम्हाल्ने क्रममा उनले सर्वाधिक ५२ रन जोडे । यस्तै कप्ता रित गौतमले ४५ रनको योगदान दिए । यस्तै लोकेश बमले ४ चौका सहित १८ रनमा पेभिलिएन फर्किए भने खडक बोहरा २६ रनमा बोल्ड आउट हुन पुगे।

यस्तै विशाल विक्रम केसी १३ रन,अरुण ऐरी ३०, कुशल मल्ल १२ र प्रतिस जि.सी.५ रनमा आउट भए । आकाश चन्द र शेर मल्लले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै नेपाललाई विजयी स्कोरतर्फ अग्रसर गराएका थिए । आकाश ३० रन जोड्दै विकेटकिपरको हातबाट समातिए । शेर २८ रनमा नटआउट रहँदा सागर ढकालले १ रन जोडे ।

यसअघि एमसीसीका ओपनर विल रोड्सले सर्वाधिक ९३ रनको योगदान दिए । यस्तै टम वेस्टली र माइल्स ह्यामन्ड समान ६५ रनमा आउट भए ।

यस्तै कप्तान जिमी एडम्सलाई २३ रनमा आउट हुँदा विल भान्डरसपार २४, एड योङ ४५ रनको योगदान दिए ।

नेपालका लागि नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।

विश्वकै पुरानो मानिने लन्डनको क्रिकेट क्लब एमसिसीले विकासिल क्रिकेट देशको क्रिकेट विकासमा योगदान दिने उद्देश्यले भ्रमण अभियान सुरु गरेको छट । ‘लिगेसी टुर’ दिइएको उक्त अभियान एमसीसीले नेपालबाट सुरु गरेको हो ।

एमसीसीको टिमले नेपालमा १० दिन बिताउँनेछ । पहिले दिन नेपाल यू–१९ क्रिकेट टिमसंग खेलेको उसले बाँकी एउटा एक दिवसीय, एउटा तीन् दिवसीय र दुई टी–२० खेल राष्ट्रिय टिमसंग खेल्ने कार्यक्रम रहेको छ ।