बझाङ – बझाङको बुंगल क्षेत्रमा निर्माण भइरहेको कालंगा हाईड्रो पावरमा काम गर्ने चार जना कामदार सुरुङ भित्र फसेका छन् ।


ADVERTISEMENT


आइतबार दिउँसो सुरुङ भित्र कामका लागि गएका कामदारहरूको अवस्था जोखिम रहेको प्रहरीले जनाएको छ । काम गर्न सुरुङ भित्र गएका बेला अक्सिजन नभए पछि उनीहरू बेहोस भएको डिएसपी गणेशबहादुर बमले बताए ।


ADVERTISEMENT

# # #


उनीहरू सँगै गएका दुई जना कामदार भने फर्कन सफल भएका थिए । चार जनाको अवस्था भने अज्ञात रहेको डीएसपी बमले बताए ।

सुरुङ भित्र फसेकाहरूमा दैलेख जिल्ला गुराँस गाँउपालिका वडा नम्बर ३ घर भएका ३२ बर्षिया महेन्द्र शाही, सो गाँउमा कर्ण शाही र अछाम जिल्ला तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ का २८ बर्षिया महेन्द्र साँउद साथै बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ बर्षिया शेर सिहँ धामी रहेको प्रहरी नायब उपरिक्षक बमले जानकारी दिए ।

घटना भएको जानकारी पछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहित नेपाली सेना सशत्र प्रहरी र नेपाल प्रहरी सहितको टोल घटनास्थलतर्फ गएको छ । आठ सय मिटर लम्बाईको सुरुङ भएकाले त्यहाँ भित्र अक्सिजनको पनि अभाव भएको हुँदा उद्धार गर्न पनि समस्या भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । उनका अनुसार सुरुङ भित्र फसेका कामदारहरु निकाल्नका काठमाडौ बाट हेलीकोप्टरमा नेपाली सेनाको टोली घटना स्थलमा पुगी उद्धारका लागि थप पहल भै रहेको बताए ।