काठमाडौं – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।


ADVERTISEMENT


आइतबार प्रतितोला छापावाल सुन ७१ हजार दुई सयमा कारोबार भैरहेकोमा सोमबार छापावाला सुनको मूल्यमा गिरावट आएको हो ।


ADVERTISEMENT

# # #


सोमबार छापावाल सुन प्रतितोला ७१ हजार तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला र तेजावी सुनमा प्रतितोला दुई सयले गिरावट आएको हो । सुनको भाउसँगै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबारदेखिनै चादीको मूल्य स्थिर रहेको छ ।